चीनको आर्थिक रूपान्तरणका सूत्रधार पूर्वप्रधानमन्त्री झु रोङ्जीको निधन
बिहीबार, साउन २८, २०८३
स्पेनमा एक शताब्दीपछि देखियो खग्रास सूर्यग्रहण
बिहीबार, साउन २८, २०८३
खग्रास सूर्यग्रहणको प्रतीक्षामा मानिसहरू ल्यानका कुर्सी, छाता र सूर्य हेर्न प्रयोग गरिने विशेष चश्मासहित खुला स्थानमा भेला भएका थिए । आकाश बिस्तारै अँध्यारिँदै गएपछि भीडले ताली बजाउँदै खुसी व्यक्त गरेको थियो । चन्द्रमाले सूर्यलाई पूर्ण रूपमा ढाकेपछि केही समयका लागि दिन रातजस्तै देखिएको थियो ।
विद्युतीय सवारी उत्पादनका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै
बुधबार, साउन २७, २०८३
चीनको सबैभन्दा ठूलो अटो निर्यातकर्ता चेरीले जुलाईमा दक्षिण अफ्रिकाको प्रिटोरियानजिकै रहेको निसानको पूर्वरोस्लिन कारखाना खरिद गरेपछि अफ्रिकामा ईभी उत्पादनतर्फ चिनियाँ कम्पनीको चासो बढेको हो । चेरीले उक्त कारखानामा आफ्नो जेटोर ब्रान्डअन्तर्गत प्लग-इन हाइब्रिड तथा ब्याट्रीबाट चल्ने विद्युतीय सवारी उत्पादन गर्ने योजना बनाएको छ ।
लाल सागरमा यमनी मालवाहक जहाजमाथि हुथी आक्रमण, छ जनाको मृत्यु
बुधबार, साउन २७, २०८३
यमनको यातायात मन्त्रालयका अनुसार आक्रमणपछि जहाजमा आगलागी भएको थियो । घटनामा चार चालक दलका सदस्यसहित उद्धारकर्मी घाइते भएका छन् । मन्त्रालयलाई उद्धृत गर्दै सीएनएनले मृतकमध्ये तीन जना पाकिस्तानी र एक जना इन्डोनेसियाली नागरिक रहेको जनाएको छ ।
कोलम्बियामा शक्तिशाली भूकम्प : मृतक १३२ पुगे, ५७० जना घाइते
मंगलबार, साउन २६, २०८३
कोलम्बियन जियोलोजिकल सर्भिसका अनुसार यो २१औँ शताब्दीमा कोलम्बियामा गएको सबैभन्दा शक्तिशाली भूकम्प हो । भूकम्पको केन्द्र राजधानी बोगोटाबाट करिब ४०० किलोमिटर पश्चिममा चोको क्षेत्रको सान होसे डेल पालमारमा १०७ किलोमिटर गहिराइमा रहेको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ ।
पूर्वी चीनमा ‘डल्फिन’ कमजोर भए पनि भारी वर्षा, ९४३ उडान रद्द
सोमबार, साउन २५, २०८३
चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रका अनुसार आँधीले आइतबार झेजियाङ प्रान्तको तटमा दुई पटक प्रवेश गरेपछि शक्ति गुमाएको हो । केन्द्रले सोमबार बिहान आँधीसम्बन्धी सबैभन्दा न्यून तहको चेतावनी जारी गरेको छ ।
सुकीको रिहाइमा म्यान्मा झुकेन, आसियानको आग्रह अस्वीकार
सोमबार, साउन २५, २०८३
म्यान्माको विदेश मन्त्रालयले शनिबार अबेर जारी गरेको वक्तव्यमा सुकीको पूर्ण तथा बिना सर्त रिहाइ कानूनअनुसार मात्र सम्भव हुने जनाएको छ । सरकारले मानवीय आधारमा उहाँको सजाय घटाइसकेको दाबी गरेको छ ।
टाइफुन ‘डल्फिन’को जोखिम बढ्यो, चीनमा १ हजार ३०० उडान रद्द
आइतबार, साउन २४, २०८३
आइतबार बिहान टाइफुन ‘डल्फिन’को अधिकतम निरन्तर हावाको गति प्रतिघण्टा करिब १६२ किलोमिटर रहेको अनुमान गरिएको थियो । आँधीका कारण भारी वर्षा भइरहेको र बाढी तथा पहिरोको जोखिम बढेको अधिकारीहरूले बताएका छन् ।
साताको लोकप्रीय

