RayNewsDaily
इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्धमा चीनको आपत्ति
इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्धमा चीनको आपत्ति चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले अन्तर्राष्ट्रिय कानून वा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अनुमतिबिना लगाइने एकपक्षीय प्रतिबन्धको चीनले विरोध गर्दै आएको बताउनुभयो । उहाँको भनाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबारदेखि हुने शिखर वार्ताअघि आएको हो ।
संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा
संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा न्यूयोर्क पुगेपछि विदेशमन्त्री अराघ्चीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग टेलिफोनमार्फत संवाद गर्नुभएको छ । उहाँहरूबीच महासभाको कार्यसूची तथा विभिन्न अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
सी-ट्रम्प भेटवार्ता बिहीबार, व्यापार र एआई मुख्य एजेन्डा
सी-ट्रम्प भेटवार्ता बिहीबार, व्यापार र एआई मुख्य एजेन्डा विश्वका दुई ठूला अर्थतन्त्रबीच जारी व्यापार तनाव भेटवार्ताको प्रमुख विषय बन्ने अपेक्षा गरिएको छ । दुवै पक्षले करिब एक वर्षदेखि व्यापार युद्धमा अस्थायी युद्धविराम कायम राखे पनि स्थायी सम्झौता हुन सकेको छैन । व्यापारसँगै प्रविधि, कृत्रिम बौद्धिकता (एआई) र आपूर्ति शृङ्खलाका विषयमा पनि छलफल हुने बताइएको छ ।
अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन
अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन चीनको अन्तरिक्षयात्री केन्द्रका अनुसार अन्तरिक्ष केन्द्रमा सलादका पात, गाजर, सूर्यमुखी, आलु र गहुँलगायत विभिन्न बाली उत्पादन भइरहेका छन् । हालै उत्तरी चीनको थियानजिनमा आयोजित अन्तरिक्ष चिकित्सा तथा इन्जिनियरिङसम्बन्धी सम्मेलनमा शेनझोउ-२१ का अन्तरिक्षयात्री झाङ होङझाङले अन्तरिक्ष केन्द्रमा हुर्किरहेका वनस्पतिका तस्बिर तथा भिडियो सार्वजनिक गर्नुभएको थियो ।
इरान युद्धमा अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरान युद्धमा अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध सैन्य कारबाही सुरु गरेयता खर्च निरन्तर बढिरहेको छ । यसअघि अमेरिकी कंग्रेसनल बजेट कार्यालयले अगस्ट १ सम्म युद्धमा ३८ अर्ब डलर खर्च भएको अनुमान गरेको थियो । युद्धको तीव्रता कायम रहेमा हरेक महिना करिब ३ अर्ब डलर थप खर्च हुन सक्ने कार्यालयले जनाएको...
ड्रोन र साइबर हमलाबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
ड्रोन र साइबर हमलाबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान राष्ट्रपति भ्लादिमिर पुटिनलाई समर्थन गर्ने सत्तारुढ ‘युनाइटेड रसिया’ पार्टीले यसपटक पनि बहुमत हासिल गर्ने अपेक्षा गरिएको छ । सन् २००३ यता भएका सबै संसदीय निर्वाचनमा उक्त पार्टी विजयी हुँदै आएको छ ।
पाकिस्तानको मस्जिदमा बम विस्फोट : १५ जनाको मृत्यु, ५६ जना घाइते
पाकिस्तानको मस्जिदमा बम विस्फोट : १५ जनाको मृत्यु, ५६ जना घाइते वरिष्ठ उद्धार अधिकारी बिलाल फैजीका अनुसार मृतकमध्ये पाँच जना प्रहरी र १० जना सर्वसाधारण छन् । घाइतेमध्ये अधिकांश नमाज पढ्न मस्जिद पुगेका व्यक्ति रहेको र केहीको अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो ।
Weather Update