RayNewsDaily
ब्रिक्स सहकार्य विस्तार गर्न राष्ट्रपति सीका पाँच प्रस्ताव : एआईदेखि प्रतिभा विकाससम्म प्राथमिकता
ब्रिक्स सहकार्य विस्तार गर्न राष्ट्रपति सीका पाँच प्रस्ताव : एआईदेखि प्रतिभा विकाससम्म प्राथमिकता नयाँ दिल्लीमा आयोजित ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन सम्बोधन गर्दै राष्ट्रपति सीले ‘विस्तारित ब्रिक्स’ले विश्वमा अझ प्रभावकारी भूमिका निर्वाह गर्दै थप विकास हासिल गर्नुपर्ने बताउनुभयो । उहाँले व्यावहारिक सहकार्यका लागि बलियो आधार निर्माण गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
इन्डोनेसियामा २४० यात्रु सवार जहाज बेपत्ता, जाभा सागरमा तीव्र खोजी
इन्डोनेसियामा २४० यात्रु सवार जहाज बेपत्ता, जाभा सागरमा तीव्र खोजी दक्षिण कालीमन्तान प्रान्तको खोज तथा उद्धार निकायका अनुसार उक्त जहाज पूर्वी जाभा प्रान्तको सुराबायाबाट दक्षिण कालीमन्तानको बान्जारमासिनतर्फ जाँदै थियो । यात्राका क्रममा जहाजसँग सम्पर्क टुटेको बताइएको छ ।
ब्रिक्स शिखर सम्मेलनअघि मोदी-पुटिन भेटमा व्यापार, ऊर्जा र रक्षाबारे छलफल
ब्रिक्स शिखर सम्मेलनअघि मोदी-पुटिन भेटमा व्यापार, ऊर्जा र रक्षाबारे छलफल राष्ट्रपति पुटिन भोलिबाट सुरु हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आउनुभएको हो । मस्को नयाँ दिल्लीको महत्वपूर्ण रणनीतिक साझेदार तथा सैन्य आपूर्तिकर्ता हो । भारतीय टेलिभिजनमा सार्वजनिक दृश्यमा दुवै नेता नयाँ दिल्लीस्थित सम्मेलन केन्द्रमा हाँस्दै, एकअर्काको पिठ्यूँमा धाप मार्दै र अँगालो हाल्दै गरेको देखिएका छन् ।
९/११ आतंकवादी हमला : न्युयोर्कमा २५औँ स्मृति दिवस मनाइँदै
९/११ आतंकवादी हमला : न्युयोर्कमा २५औँ स्मृति दिवस मनाइँदै राष्ट्रपति ट्रम्पले न्युयोर्कको ‘ग्राउन्ड जिरो’को सट्टा पेन्टागनमा श्रद्धाञ्जलि अर्पण गर्नुहुनेछ । समारोहमा मृतकका परिवारका सदस्यहरूले पीडितहरूको नाम स्मरण गर्नुका साथै हमलाका प्रमुख समय सम्झन घण्टी बजाउनेछन् । न्युयोर्क हार्बरमा मृतक प्रत्येक व्यक्तिको सम्झनामा दुई हजार ९७७ बत्तीको ड्रोन प्रदर्शन गरिनेछ ।
ब्रिक्स शिखर सम्मेलनका कारण दिल्लीमा ट्राफिक कडाइ
ब्रिक्स शिखर सम्मेलनका कारण दिल्लीमा ट्राफिक कडाइ सरकारी कार्यालय, विद्यालय तथा धेरै निजी व्यवसाय बन्द गरिए पनि कार्यालय जाने कर्मचारी, डेलिभरी चालक र दैनिक ज्यालादारीमा काम गर्नेहरूका लागि ट्राफिक प्रतिबन्धले समस्या थपेको छ ।
युद्ध, शक्ति प्रतिस्पर्धा र मतभेदबीच नयाँदिल्लीमा ब्रिक्स शिखर सम्मेलन
युद्ध, शक्ति प्रतिस्पर्धा र मतभेदबीच नयाँदिल्लीमा ब्रिक्स शिखर सम्मेलन आयोजक भारतले चीन र रूससँगको सम्बन्धलाई अमेरिका तथा पश्चिमी शक्तिसँगको बढ्दो साझेदारीसँग सन्तुलनमा राख्नुपर्ने अवस्था छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी जिनपिङ र इरानी राष्ट्रपति मसुद पेजेस्कियानलगायत नेताहरू सहभागी हुने अपेक्षा गरिएको छ ।
यमनमा हुथीद्वारा ‘रेड सी’ क्षेत्रको प्रमुख शहर कब्जा
यमनमा हुथीद्वारा ‘रेड सी’ क्षेत्रको प्रमुख शहर कब्जा उत्तरपश्चिम यमनको ठूलो भूभाग नियन्त्रणमा राख्ने हुथीहरूले गत साता साउदी अरब समर्थित यमनी सरकारी सेनाविरुद्ध ठूलो आक्रमण सुरु गरेका थिए । उनीहरूले साउदी भूभागमा समेत आक्रमण गरेका छन्, जसमा दर्जनौँ मानिस घाइते भएका छन् । मध्यपूर्वमा जारी युद्धका क्रममा यमनको द्वन्द्व पुनः चर्किएको हो ।
Weather Update