RayNewsDaily
दक्षिण-पश्चिम पाकिस्तानमा झडपमा आठ लडाकु मारिए   

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सरकार समर्थक आदिवासी मिलिसियासँग भएको झडपमा कम्तीमा आठ लडाकु मारिएको प्रहरीले जनाएको छ ।    
    
प्रहरी र स्थानीय सञ्चारमाध्यमका अनुसार, डेरा बुग्टी जिल्लाको लोटी क्षेत्रमा बन्दुकधारीहरूले जिल्ला परिषद्का अध्यक्ष गुलाम नबी शाम्बानीको निवास र एक ग्यास कम्पनीको क्याम्पमा रकेटसहितका भारी हतियारले आक्रमण गरेपछि झडप भएको हो ।    
    
बुग्टी पिस फोर्सका सदस्यहरूले जवाफी कारबाही गरेपछि एक घण्टाभन्दा बढी समयसम्म दुवै पक्षबीच गोली हानाहान भएको थियो । झडपमा आठ आक्रमणकारी मारिएको र अन्य सात जना पक्राउ परेको प्रहरीले जनाएको छ ।    
    
घटनामा पिस फोर्सका एक सदस्यको मृत्यु भएको तथा अन्य तीन जना घाइते भएका छन् । आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन ।  सिन्ह्वा  

 

प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  २१:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update