चीनका राष्ट्रपति सी चिनफिङ अमेरिकाको राजकीय भ्रमण पूरा गरी स्वदेश फिर्ता
काठमाण्डू । चीनका राष्ट्रपति सी चिनफिङ अमेरिकाको तीन दिने राजकीय भ्रमण पूरा गरी स्वदेश फर्कनु भएको छ ।
स्थानीय समय सेप्टेम्बर २५ तारिख दिउँसो राष्ट्रपति सी अमेरिकाको राजकीय भ्रमण सफलतापूर्वक सम्पन्न गरि स्वदेश फर्कनु भएको हो । वासिङ्टनबाट पैचिङ प्रस्थान गर्ने क्रममा अमेरिकी सरकारका उच्च अधिकारीहरूले विमानस्थलमा उहाँलाई बिदाइ गरेका थिए । राष्ट्रपति सी को सम्मानमा विमानस्थलमा एक्काइस तोपको सलामी पनि दिईएको थियो ।
विमानस्थल जानेक्रममा सडकका दुवै भागमा प्रवासी चिनियाँहरू र चिनियाँ विद्यार्थीका प्रतिनिधिहरूले चीन र अमेरिकाको राष्ट्रिय झण्डा हल्लाउँदै राष्ट्रपति सी चिनफिङको सफल भ्रमणका लागि बधाई समेत दिएका सीजिटिएनले बताएको छ ।
प्रकाशित मिति: शनिबार, असोज १०, २०८३ १२:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
