RayNewsDaily
नरेन्द्रराज प्रसाईको ‘सीताराम दाइ’ निबन्धसङ्ग्रह लोकार्पण
  • नरेन्द्रराज प्रसाईको ‘सीताराम दाइ’ निबन्धसङ्ग्रह लोकार्पण ।
  • महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीद्वारा कृतिको लोकार्पण ।
  • ‘सीताराम दाइ’ नइ एकेडेमीको १९४औँ कृति ।

रे समाचार/काठमाडौँ । महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीले साहित्यकार नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘सीताराम दाइ’ निबन्धसङ्ग्रहको आज राजधानीमा आयोजित एक समारोहबीच लोकार्पण गर्नुभएको छ ।

लोकार्पण समारोहमा प्रा.डा. त्रिपाठीले नरेन्द्रराज प्रसाई सिद्धहस्त जीवनीकार, निबन्धकार तथा गीतकार भएको उल्लेख गर्दै ‘सीताराम दाइ’लाई जीवनीकृति नै भन्न सकिने बताउनुभयो । उहाँले सीताराम प्रसाईमाथि केन्द्रित भएर लेखिएको कृतिले सम्बन्धित व्यक्तित्वको जीवन र योगदानलाई प्रस्तुत गरेको धारणा राख्नुभयो ।

breaker-1790344290.jpeg
वानीरा फाउन्डेसनद्वारा आयोजित समारोहमा प्रा.डा. भरतकुमार भट्टराईले ‘सीताराम दाइ’ निबन्धकृतिको विस्तृत समीक्षा गर्नुभएको थियो ।

‘सीताराम दाइ’ नइ एकेडेमीको १९४औँ कृति तथा नरेन्द्रराज प्रसाईको ९५औँ कृति हो ।

वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा फाउन्डेसनका सदस्यसचिव नरेन्द्रराज प्रसाई र कार्यक्रम संयोजक भगवती बस्नेतले कृतिबारे मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  १९:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update