RayNewsDaily
चीनका राष्ट्रपति सी चिनफिङ अमेरिकाको राजकीय भ्रमणमा, विमानस्थलमा राष्ट्रपति ट्रम्पद्वारा  भव्य स्वागत

वासिङ्टन । चिनियाँ राष्ट्रपति सी चिनफिङ संयुक्त राज्य अमेरिकाको राजकीय भ्रमणका लागि स्थानीय समय अनुसार बुधबार दिउँसो जोइन्ट बेस एन्ड्र्युजु पूग्नु भएको छ । 

विमानस्थलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँकी पत्नी मेलानिया ट्रम्पले राष्ट्रपति सी र उहाँकी पत्नी पेङ लियुआनलाई विमान नजिकै पुगेर भव्य रुपमा न्यानो स्वागत गर्नुभएको छ । 

चिनियाँ राष्ट्रपतिलाई विमानस्थलमै पुगेर विश्वकै सबै भन्दा शक्तिसाली देशका राष्ट्रपति  ट्रम्प र उहाँकी पत्नीले गर्नुभएको स्वागतलाई विश्व समुदायले महत्वका साथ हेरेको विज्ञहरुले बताएका छन् । उनीहरुले भनेका छन् अमेरिका चीनसँग मिलेर काम गर्न इच्छुक छ । सिन्ह्वा

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update