RayNewsDaily
शक्तिशाली डल्फिन आँधी चीनतर्फ, विद्यालय र पर्यटकीय गतिविधि बन्द
शक्तिशाली डल्फिन आँधी चीनतर्फ, विद्यालय र पर्यटकीय गतिविधि बन्द आँधीको अधिकतम निरन्तर हावाको गति करिब १६२ किलोमिटर प्रतिघण्टा पुग्ने अनुमान गरिएको छ । आँधीसँगै भारी वर्षा हुने भएकाले बाढी र पहिरोको जोखिम बढ्ने अधिकारीहरूले बताएका छन् ।
असममा बाढीको कहर : ९७ जनाको मृत्यु
असममा बाढीको कहर : ९७ जनाको मृत्यु बाढीका कारण हजारौँ मानिस घर छाडेर अस्थायी आश्रयस्थलमा बस्न बाध्य भएका छन् । बाढीले १४ हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिन डुबाएको सरकारी विवरणमा उल्लेख छ ।
अमेरिकामा सन्तान जन्माएर नागरिकता लिने प्रवृत्तिविरुद्ध ट्रम्पको नयाँ आदेश
अमेरिकामा सन्तान जन्माएर नागरिकता लिने प्रवृत्तिविरुद्ध ट्रम्पको नयाँ आदेश राष्ट्रपति ट्रम्पले जन्मसिद्ध नागरिकताको व्यवस्थाको दुरुपयोग भइरहेको दाबी गर्दै कानुनी सीमाभित्र रहेर नीति परिमार्जन गरिएको बताउनुभयो । उहाँले सर्वोच्च अदालतको पछिल्लो निर्णयप्रति असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।
रूस-युक्रेनबीच लामो दूरीका आक्रमण तीव्र
रूस-युक्रेनबीच लामो दूरीका आक्रमण तीव्र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका अनुसार बाश्कोर्तोस्तान र यारोस्लाभ क्षेत्रमा रहेका तेल प्रशोधन केन्द्रमा आक्रमण गरिएको हो । उहाँले यी आक्रमणले रूसलाई शान्ति वार्तातर्फ आउन दबाब बढाउने दाबी गर्नुभयो ।
ट्रम्पको दाबी : अमेरिकासँग पर्याप्त हतियार मौज्दात
ट्रम्पको दाबी : अमेरिकासँग पर्याप्त हतियार मौज्दात सामाजिक सञ्जाल ‘ट्रुथ’ मा गरिएको पोस्टमा ट्रम्पले अमेरिकी रक्षा उद्योगले इतिहासकै धेरै प्लान्ट र कारखाना निर्माण गर्दै ठूलो मात्रामा हतियार उत्पादन गरिरहेको उल्लेख गर्नुभयो । आवश्यकताअनुसार ती हतियार अमेरिकामै आपूर्ति भइरहेको उहाँको भनाइ छ ।
हर्मुजमा इरान-ओमान सहमति अन्तिम चरणमा
हर्मुजमा इरान-ओमान सहमति अन्तिम चरणमा इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईका अनुसार दुवै देशबीच प्रस्तावित समुद्री मार्गको भौगोलिक निर्देशाङ्कमा सहमति भइसकेको छ । तेस्रो पक्षबाट अवरोध नभए संयुक्त वक्तव्य पनि छिट्टै सार्वजनिक हुने उहाँले बताउनुभयो ।
फुएगो ज्वालामुखी विस्फोटपछि ग्वाटेमालामा उच्च सतर्कता, सयौँलाई सुरक्षित स्थानमा सारियो
फुएगो ज्वालामुखी विस्फोटपछि ग्वाटेमालामा उच्च सतर्कता, सयौँलाई सुरक्षित स्थानमा सारियो ज्वालामुखीबाट निस्किएको लावा, पाइरोक्लास्टिक बहाव, ग्यास र खरानीका कारण थप बस्ती खाली गराउने तयारीसमेत भइरहेको अधिकारीहरूले जनाएका छन् । ग्वाटेमालाको विपद् व्यवस्थापन निकाय कनरडका अनुसार जोखिम क्षेत्रमा रहेका आठ गाउँबाट हालसम्म ६५९ जनालाई उद्धार गरी नजिकैका आश्रयस्थलमा राखिएको छ ।
हर्मुजमा कार्गो जहाजमाथि आक्रमण, अमेरिका-इरान तनाव फेरि चुलियो
हर्मुजमा कार्गो जहाजमाथि आक्रमण, अमेरिका-इरान तनाव फेरि चुलियो बेलायतको समुद्री सुरक्षा निकाय युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन्स (युकेएमटीओ)का अनुसार ओमानको अल खसाबबाट करिब ३७ किलोमिटर उत्तरपूर्वमा रहेको कार्गो जहाजलाई स्थानीय समयअनुसार राति करिब २ बजे अज्ञात प्रक्षेप्यास्त्रले प्रहार गरेको थियो ।
Weather Update