RayNewsDaily
सीको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीमा कठोर स्वशासनको प्रस्ताव तयार
चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण अधिवेशनमा महासचिव सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ, चाओ लेजी, वाङ हुनिङ, काइ छि, डिङ सुइसियाङ र ली सी सहभागी हुँदै । अधिवेशन अक्टोबर २६ देखि २९ सम्म बेइजिङमा सम्पन्न भएको थियो । तस्बिर: सिन्ह्वा
  • पार्टी स्वशासनसम्बन्धी प्रस्तावको मस्यौदामा सीको निर्णायक भूमिका ।
  • २०औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण अधिवेशनको महत्त्वपूर्ण उपलब्धि ।
  • स्वशासन कार्यान्वयनका लागि सात खण्डमा कार्ययोजना ।

बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का महासचिव सी चिनफिङले पार्टीभित्र पूर्ण र कठोर स्वशासन लागू गर्ने विषयमा तयार पारिएको महत्त्वपूर्ण प्रस्तावको मस्यौदामा निर्णायक भूमिका निर्वाह गर्नुभएको छ ।

सिपिसी केन्द्रीय समितिको नीति अनुसन्धान कार्यालयका प्रमुख ताङ फाङयुले उक्त प्रस्ताव पार्टीको २०औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण अधिवेशनको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ ।

अक्टोबर २६ देखि २९ सम्म बेइजिङमा सम्पन्न पूर्ण अधिवेशनका निर्णयबारे आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रस्तावको मस्यौदा पार्टी केन्द्रीय समितिको नेतृत्वमा तयार पारिएको जानकारी दिनुभयो ।

xi-china-1793360470.jpegचिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङ बेइजिङमा आयोजित पार्टीको २०औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण अधिवेशनमा सम्बोधन गर्दै ।

ताङका अनुसार सीले मस्यौदा समितिको नेतृत्व गर्दै दस्तावेजको योजना निर्माण, तयारी प्रक्रियाको निर्देशन र समग्र दृष्टिकोण निर्धारणमा व्यक्तिगत रूपमा भूमिका खेल्नुभएको थियो ।

उहाँले प्रस्तावले पार्टीभित्र पूर्ण र कठोर स्वशासन कायम गर्न आवश्यक दृढता, तात्कालिकता र समग्र प्राथमिकता स्पष्ट पारेको बताउनुभयो । प्रस्तावमा यससम्बन्धी काम अघि बढाउन सातवटा खण्डमा विस्तृत कार्ययोजना पनि समेटिएका छन् ।

प्रस्तावमा पार्टी तथा राज्यको अनुगमन प्रणालीलाई थप प्रभावकारी बनाउने र पार्टीभित्र पूर्ण तथा कठोर स्वशासन लागू गर्ने राजनीतिक जिम्मेवारी सुनिश्चित गर्ने विषयसमेत समावेश गरिएको ताङले जानकारी दिनुभयो । सिन्ह्वा

प्रकाशित मिति: शुक्रबार, कात्तिक १३, २०८३  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update