रिपब्लिकन विजयी भए प्रत्येक वयस्कलाई पाँच हजार डलर दिने ट्रम्पको वाचा
बिहीबार, भदौ २५, २०८३
इरानलाई ट्रम्पको ताजा चेतावनी : ‘पिकएक्स माउन्टेन’मा आक्रमण हुनसक्छ
बिहीबार, भदौ २५, २०८३
रिपब्लिकन पार्टीको मध्यावधि निर्वाचनसम्बन्धी सम्मेलनमा बुधबार सम्बोधन गर्दै ट्रम्पले पिकएक्स माउन्टेनमा केही गतिविधि देखिएको बताउँदै इरानलाई थप उत्तेजक गतिविधि नगर्न चेतावनी दिनुभएको हो ।
प्राविधिक समस्याका कारण बेलायतमा एक हजारभन्दा बढी उडान रद्द
बुधबार, भदौ २४, २०८३
बेलायतको राष्ट्रिय हवाई यातायात सेवा संस्थाले मंगलबार दिउँसो उडान व्यवस्थापन प्रणालीमा प्राविधिक समस्या देखिएको जनाएको थियो । त्यसका कारण देशभरका विमानस्थलबाट हुने उडान प्रभावित हुँदा ठूलो संख्यामा उडान ढिला तथा रद्द भएका थिए ।
मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
बुधबार, भदौ २४, २०८३
मलेसियाली अधिकारीका अनुसार मंगलबार दिउँसो बो-१०५ प्रकारको हेलिकप्टर बोर्नियो टापुको उत्तरपश्चिमी क्षेत्रमा पर्ने मिरी सहरबाट करिब ३१५ किलोमिटर दक्षिणपूर्वमा रहेको दुर्गम क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।
अमेरिका-इरान तनाव चर्किँदा तेलको मूल्य १०० डलरनजिक
बुधबार, भदौ २४, २०८३
अमेरिकी सेनाले इरानी तेल ट्यांकरमाथि आक्रमण गरेपछि इरानले जोर्डनमा रहेको अमेरिकी सैन्य आधारलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । यससँगै मध्यपूर्वमा जारी द्वन्द्व थप फैलिन सक्ने र विश्व तेल आपूर्तिमा असर पर्न सक्ने चिन्ता बढेको छ ।
किभमा तीन दिनपछि रुसी आक्रमण पुनः सुरु
मंगलबार, भदौ २३, २०८३
आक्रमणबाट राजधानीका विभिन्न स्थानमा आगलागी हुनुका साथै संरचनामा क्षति पुगेको छ । सोलोमियन्स्की जिल्लाको पाँचतले आवासीय भवनमा समेत क्षति पुगेको र पोडिल्स्की जिल्लामा सवारीसाधनमा आगलागी भएको मेयर भिटाली क्लिट्स्कोले बताउनुभयो ।
इरानसँग युद्ध जिते तेल सस्तो हुने ट्रम्पको दाबी
मंगलबार, भदौ २३, २०८३
ट्रम्पले मध्यपूर्वमा जारी सैन्य कारबाहीका कारण ऊर्जा लागत बढेको उल्लेख गर्दै युद्धपछि बजार स्थिर हुने बताउनुभयो । उहाँले इरानलाई आणविक हतियार राख्न नदिने चेतावनीसमेत दिनुभयो । यसको जवाफमा इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबफले इरानको ऊर्जा पूर्वाधारमाथि आक्रमण नगर्न अमेरिकालाई चेतावनी दिनुभएको छ ।
दोस्रो अत्याधुनिक विध्वंसक नौसेनामा थप्दै उत्तर कोरिया
सोमबार, भदौ २२, २०८३
उत्तर कोरियाली नेता किम जोङ उनले आइतबार पूर्वी बन्दरगाह सहर वोनसनमा आयोजित समारोहमा ‘काङ कोन’ नामक विध्वंसकलाई नौसेनामा समावेश गर्नुभएको राज्य नियन्त्रित सञ्चारमाध्यमले जनाएको छ । समारोहमा उहाँकी किशोरी छोरी पनि सहभागी हुनुभएको थियो ।
पुटिनसँग भेटेपछि किएभ पुगे अमेरिकी प्रतिनिधि, जेलेन्स्कीसँग युद्ध अन्त्यबारे वार्ता
आइतबार, भदौ २१, २०८३
ग्रीष्मकालीन तनाव बढेपछि दोस्रो विश्वयुद्धयताकै युरोपको सबैभन्दा घातक द्वन्द्व अन्त्य गर्न वार्ता पुनः सुरु गर्ने प्रयासस्वरूप अमेरिकी प्रतिनिधिहरू रुसबाट रेलमार्ग हुँदै युक्रेनी राजधानी किएभ पुगेका हुन् ।
जापानमा भारी वर्षाको चेतावनी, टोकियोसहित ७ क्षेत्रमा जोखिम
आइतबार, भदौ २१, २०८३
मौसम एजेन्सीका अनुसार टोकियोसँगै साइतामा, कानागावा, चिबा, शिजुओका, आइची र मीका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।
पाकिस्तानमा सुरक्षा बलको कारबाही तीव्र, २१ आतंकवादी मारिएको सेनाको दाबी
आइतबार, भदौ २१, २०८३
सेनाका अनुसार उत्तर वजिरिस्तान, कोहाट र डेरा इस्माइल खान जिल्लामा भएका छुट्टाछुट्टै भिडन्त तथा कारबाहीमा २१ जना आतंकवादी मारिएका हुन् ।
साताको लोकप्रीय

