इटालीमा मेलोनीको नयाँ रेकर्ड, बर्लुस्कोनीभन्दा लामो समय सरकारमा टिक्न सफल
शुक्रबार, भदौ १९, २०८३
यमनमा हुथी र सरकारी फौजबीच झडप, ८१ लडाकू मारिए
शुक्रबार, भदौ १९, २०८३
लाल सागरको तटीय क्षेत्र र ताइजमा भएको भिडन्तमा हुथीहरूले रकेट, ड्रोन तथा स्थल आक्रमण गरेपछि झडप चर्किएको हो । सरकारी स्रोतका अनुसार हुथीहरूले रणनीतिक बन्दरगाह सहर मोखालाई अन्य सरकारी नियन्त्रणका क्षेत्रबाट अलग पार्दै बाब अल-मन्दब जलघाँटी आसपास अघि बढ्ने प्रयास गरिरहेका छन् ।
मदुरोद्वारा लागुऔषध तस्करीको मुद्दा खारेज गर्न माग
बिहीबार, भदौ १८, २०८३
म्यानहट्टनस्थित सङ्घीय अदालतमा बुधबार दायर निवेदनमा मदुरोका वकिलहरूले आरोप लगाइएको समयमा भेनेजुएलाले राष्ट्रप्रमुखका रूपमा मान्यता दिएका विदेशी नेताविरुद्ध अमेरिकी अदालतमा आपराधिक मुद्दा चलाउन नमिल्ने तर्क गरेका छन् ।
मिनियापोलिसमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच जना घाइते
बिहीबार, भदौ १८, २०८३
अपराह्न ४ः३० बजेपछि गोली चलेको सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । माथिल्लो तलामा थप गोली चलेपछि पुगेका प्रहरीलाई बाक्लो धुवाँका कारण उद्धार तथा कारबाहीमा कठिनाइ भएको अन्तरिम प्रहरी प्रमुख बिल पिटरसनले बताउनुभएको छ ।
अमेरिकी आक्रमणपछि इरान आक्रामक, ‘कडा प्रहार’ गर्ने चेतावनी
बुधबार, भदौ १७, २०८३
इरानको इस्लामिक रिभोलुसन गार्ड्सका अनुसार इरानी वायु रक्षा प्रणालीले अमेरिकी मानवरहित विमान खसालेको छ । इरानी हवाई तथा अन्तरिक्ष सेनाले मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार तथा अन्य सैन्य संरचनामाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।
चीनको ‘पालास-१' रकेटको पहिलो परीक्षण उडान सफल
मंगलबार, भदौ १६, २०८३
चीनको उत्तरपश्चिमी क्षेत्रमा रहेको दोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन परीक्षण क्षेत्रमा मंगलबार बिहान १० बजे (बेइजिङ समय) रकेट प्रक्षेपण गरिएको थियो । प्रक्षेपणपछि रकेटले अपेक्षाअनुसार काम गर्दै आफ्नो पेलोड निर्धारित कक्षमा सफलतापूर्वक पुर्याएको थियो ।
क्षेत्रीय तनाव नबढाउन इरानको आग्रह, आक्रमणको प्रतिकार गर्ने चेतावनी
सोमबार, भदौ १५, २०८३
राष्ट्रपति कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार पेजेस्कियानले इरानले युद्ध नचाहेको स्पष्ट सन्देश यसअघि नै अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्याइसकेको बताउनुभयो ।
प्रशान्त महासागरमा ‘करिना’ तीव्र गतिमा शक्तिशाली आँधीमा परिणत हुँदै
सोमबार, भदौ १५, २०८३
मियामीस्थित अमेरिकी राष्ट्रिय आँधी केन्द्रका अनुसार ‘करिना’ आइतबार बिहान ८० माइल प्रतिघण्टा (१३० किलोमिटर प्रतिघण्टा) को अधिकतम निरन्तर हावाको गतिसहित श्रेणी-१ को आँधी बनेको थियो । केही घण्टामै हावाको गति १२५ माइल प्रतिघण्टा (२०५ किलोमिटर प्रतिघण्टा) पुगेपछि यो श्रेणी-३ को शक्तिशाली आँधीमा परिणत भएको हो ।
इक्वेडरमा एल निनोका कारण आपत्काल घोषणा
आइतबार, भदौ १४, २०८३
इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयका अनुसार सम्भावित जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित स्थानमा सार्न तथा अन्य आपत्कालीन उपाय समन्वय गर्न सम्बन्धित समितिहरू सक्रिय हुनेछन् ।
सिजाङ पहिरोपछि नेपालीसहित २६१ जना विदेशीको अवस्था अज्ञात
आइतबार, भदौ १४, २०८३
अवस्था अज्ञात रहेकामा १०४ नेपाली नागरिकका साथै भारतका ४९, लाटभियाका ३३, संयुक्त राज्य अमेरिकाका १८, बेलायतका १५, क्यानडा र अष्ट्रेलियाका छ/छ, दक्षिण अफ्रिकाका चार तथा मलेसिया, जर्मनी र रुसका तीन/तीन जना नागरिक छन् ।
साताको लोकप्रीय

