RayNewsDaily
चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र ओमानका सुल्तान हाइथामबीच भेटवार्ता

पैचिङ । नोभेम्बर २ तारिख बिहान, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङको जन बृहत् सभा भवनमा चीनको राष्ट्रिय भ्रमणमा आउनुभएको ओमानका सुल्तान हाइथामसँग भेटवार्ता गर्नुभएको छ।

सी चिनफिङले औँल्याउनुभयो कि चीन र ओमान बीचको मैत्री सम्बन्ध दीर्घकालीन छ, गहिरो र बलियो जग भएको छ र सम्भावना पनि व्यापक छ। दुवै पक्षले पारस्परिक रूपमा विश्वास गरिरहेका छन्, सच्चा रूपमा आदानप्रदान गरिरहेका छन्, औपचारिक रूपमा भेटवार्ता गरिरहेका छन्, न्यायका साथमा सहकार्य गरिरहेका छन्। दुवै पक्ष बीचको मित्रता सुदृढ हुँदै गएको छ। हालैका वर्षहरूमा दुवै देशको आपसी राजनीतिक विश्वास सुदृढ हुँदैगएको छ, पारस्परिक लाभ भएको सहकार्यका उपलब्धिहरू फलदायक छ, परम्परागत मित्रता जनताको मनमा गहिरो रूपमा रहँदै जाने छ। चीन-ओमान सम्बन्धलाई विस्तृत र गहिरो बनाउने दुवै पक्षको साझा छनोट हो, जसले युग तथा इतिहासको प्रवृत्तिलाई पछ्याउँदै छ, जुन दुवै देशका जनताको साझा अपेक्षा अनुकुल छ। चीनले ओमानसँग चीन-ओमानको रणनीतिक साझेदारी सम्बन्धलाई उच्च स्तरमा लैजान प्रवर्द्धन गर्न र दुवै देशका जनतालाई लाभ र हित पुर्याउन तथा क्षेत्रिय शान्ति, स्थिरता र समृद्धिमा योगदान गर्न इच्छुक छ।

सी चिनफिङले जोड दिनुभयो, ‘ओमानका राष्ट्रनायकको यस चीनको राष्ट्रिय भ्रमण चीन र ओमान बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४८ वर्षमा पहिलो भ्रमण हो, यस भेटवार्ताको चीन-ओमान सम्बन्धको इतिहासमा महत्त्वपूर्ण हुने र द्विपक्षीय सम्बन्धको विकासलाई बलियो शक्ति दिने विश्वास गर्छु। चीन र ओमानले राजनीतिक पारस्परिक विश्वास बढाउनुपर्छ, राष्ट्र तथा राजनीतिको सुशासन अनुभवको आदानप्रदान गर्न सुदृढ पार्नुपर्छ र चीन-ओमान सम्बन्धको रणनीतिक आधारभूत अवस्थालाई अझ स्पष्ट बनाउनुपर्छ। चीनले ओमान पक्षले आफ्नो राष्ट्रिय स्वाधीन, सार्वभौमिकता, सुरक्षा र स्थिरता कायम राख्न र आफ्नो राष्ट्रिय परिस्थितिअनुकूल विकासको मार्ग आफ्नो रूपमा खोज्न समर्थन गर्छ र भविष्यमा ओमान पक्षसँगै पारस्परिक रूपमा समर्थन गर्ने इच्छा राख्छ। दुवै पक्षले व्यवहारिक सहकार्य विस्तृत गर्नुपर्छ, दुवै देशको पारस्परिक लाभ र हित बनाउने जगलाई सुदृढ पार्नुपर्छ। चीनले उच्च गुणस्तरीय विकास अघि बढाउन र उच्च स्तरीय खुलापनलाई विस्तृत गर्न जारी राखेको छ, जसले ओमान लगायतका विभिन्न देशहरूलाई धेरै ठूला अवसरहरू ल्याउने छन्।’

चीनले ओमान पक्षसँग विकास रणनीतिको समन्वयलाई गहिरो बनाउँदै, स्थिर र भरपर्दो ऊर्जा साझेदार, सम्भावनाले भरिएको लगानी साझेदार तथा नवप्रवर्तनका साथ उच्च प्रविधिको साझेदार रहन इच्छुक छ। दुई देशबीचको ऊर्जा सहकार्यलाई अझ बहुआयामिक र व्यापक बनाउँदै, उद्योग, लगानी, कृत्रिम बुद्धिमत्ता, विज्ञान प्रविधि तथा मानवीय आदानप्रदानलाई सुदृढ गर्दै, आआफ्नो विकास, पुनरुत्थान र आधुनिकीकरणको मार्गमा हातेमालो गर्दै अघि बढ्नेछ।

दुवै पक्षले परम्परागत मित्रतालाई निरन्तरता दिँदै जनताबीचको भावनात्मक सम्बन्धको बन्धनलाई कसिलो बनाउनुपर्छ, शिक्षा, पर्यटन, स्वास्थ्य, सञ्चारमाध्यम र खेलकुदलगायत क्षेत्रमा सहकार्यलाई नजिक ल्याउनुपर्छ, र चीन-ओमान रणनीतिक साझेदारी सम्बन्धको अर्थलाई निरन्तर समृद्ध तथा विस्तार गर्नुपर्छ।

भेटवार्तापछि, दुवै देशका राष्ट्रिय प्रमुखले उत्पादन र आपूर्ति शृंखला, हरित विकास, डिजिटल वित्तीय समावेश लगायतका विभिन्न क्षेत्रहरूका सहकार्य दस्तावेजहरूको हस्ताक्षर समारोहमा संयुक्त रूपमा साक्षी बस्नुभयो।

राष्ट्रिय भ्रमणको अवसरमा दुवै पक्षले ‘जन गणतन्त्र चीन र ओमान सल्तनत बीचमा दुवै देशको रणनीतिक साझेदारी सम्बन्ध गहिरो बनाउनबारेको संयुक्त वक्तव्य’ जारी गरेको छ।

भेटवार्ताअघि, सी चिनफिङले जन बृहत् सभाभवनको उत्तरी हलमा हाइथामको स्वागतार्थ एक समारोहको आयोजना गर्नुभएको थियो।

सोही दिनको मध्यान्हमा, सी चिनफिङले जन बृहत् सभाभवनको स्वर्ण हलमा हाइथामका लागि स्वागत भोजको आयोजना गर्नुभयो।

उक्त गतिविधिहरूमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा परराष्ट्र मन्त्री वाङ यी पनि सहभागी हुनुभएको थियो। CGTN

 

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३  २२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update