अफगानिस्तानमा बाढीका कारण, ७३ हजार जना भन्दा बढी प्रभावित : राष्ट्रसङ्घ
शनिबार, वैशाख ५, २०८३
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
शनिबार, वैशाख ५, २०८३
युएनएचसीआरको तथ्याङ्क अनुसार यो यस क्षेत्रका लागि सबैभन्दा घातक वर्ष सन् २०२५ रहेको उहाँले बताउनुभएको छ । उहाँले गत वर्ष खतरनाक समुद्री पार गर्ने प्रयास गरेका छ हजार ५०० भन्दा बढी रोहिंग्यामा हरेक सातमध्ये एक जना बेपत्ता भएकोे रिपोर्ट गरिएको उल्लेख गर्नु भएको छ ।
होर्मुज सुरक्षामा अन्तर्राष्ट्रिय चासो
शुक्रबार, वैशाख ४, २०८३
वासिङ्टन र तेहरानबीच भएको युद्धविराम अप्रिल २२ मा समाप्त हुने तय गरिएको छ । यस्तो अवस्थामा यसको भविष्य र विस्तारबारे अझै अनिश्चितता कायमै रहेको छ ।
नाजुक युद्धविरामबीच अनिश्चित शान्ति प्रयास
शुक्रबार, वैशाख ४, २०८३
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो युद्धविरामको घोषणा गर्नुभएको हो । यद्यपि इजरायल प्रत्यक्ष रूपमा लेबनान सरकारसँगभन्दा पनि त्यहाँ सक्रिय इरानी समर्थित हिजबुल्लाह लडाकू समूहसँग युद्धरत रहेको तथ्यले सम्झौताको प्रभावकारितामाथि शङ्का उत्पन्न गरेको छ, किनकि उक्त समूह औपचारिक रूपमा सम्झौतामा समावेश छैन ।
स्कुलमै रक्तपात, ९ जनाको मृत्युले टर्की स्तब्ध
बिहीबार, वैशाख ३, २०८३
दक्षिणी कहरामानमारस प्रान्तस्थित एक विद्यालयमा १४ वर्षीय विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा नौ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्, जसमा केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन् ।
चीन-रुस सम्बन्ध बहुमूल्य : सी
बुधबार, वैशाख २, २०८३
बेइजिङमा रुसी विदेशमन्त्री सेर्गेई लाभरोभसँग भएको भेटमा राष्ट्रपति सीले चीन-रुस मैत्री सन्धिको जीवन्तता र यसको उदाहरणीय महत्त्व वर्तमान अन्तर्राष्ट्रिय अवस्थाले अझ स्पष्ट बनाएको उल्लेख गर्नुभयो । उहाँले परिवर्तन, तनाव र अराजकताले भरिएको विश्व परिवेशमा दुई देशबीचको स्थिरता र पारस्परिक विश्वास अत्यन्तै आवश्यक रहेको धारणा राख्नुभयो ।
साताको लोकप्रीय

