RayNewsDaily
बङ्गलादेशमा ग्यास सिलिन्डर विस्फोट हुँदा ७ जनाको मृत्यु, १३ जना घाइते   

ढाका   बंगलादेशको राजधानी ढाकाको बाहिरी क्षेत्रमा पर्ने आशुलियामा ग्यास सिलिन्डर विस्फोटपछि भएको भीषण आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको भने १३ जना घाइते भएका छन्     
आइतबार राति एक कारखाना परिसरमा पार्किङ गरिएका केही कभर भ्यानमा आगलागी भएको थियो आशुलिया प्रहरी कार्यालयका प्रमुख मोहम्मद तारिकुल इस्लामका अनुसार कभर भ्यानबाट ग्यास सिलिन्डर झार्ने क्रममा स्थानीय समयअनुसार साँझ करिब बजे विस्फोट भएको हो     
    
विस्फोटपछि लागेको आगलागीमा कभर भ्यानभित्रबाट पाँच जनाको शव निकालिएको थियो भने एक जनाको नजिकैको पसलमा मृत्यु भएको प्रहरीले जनाएको घटनामा सुरुमा १४ जना घाइते भएका थिए। तीमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएपछि घाइतेको संख्या १३ पुगेको हो     
प्रहरीका अनुसार आगलागी करिब राति बजे नियन्त्रणमा लिइएको थियो भने १० बजेसम्ममा पूर्ण रूपमा निभाइएको थियो उद्धार तथा खोजी कार्य राति ११ बजेर ४२ मिनेटमा सम्पन्न भएको जनाइएको     
    
घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  सिन्ह्वा   

 

प्रकाशित मिति: सोमबार, असोज ५, २०८३  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update