RayNewsDaily
युक्रेन र अमेरिकाबीच ३० दिने अस्थायी युद्धविरामको सहमति        
युक्रेन र अमेरिकाबीच ३० दिने अस्थायी युद्धविरामको सहमति         ह्वाइट हाउसमा आयोजित कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम प्रस्तावबारे प्रतिक्रिया जनाउँदै युक्रेनले यसमा सहमति जनाएको र रुसले पनि समर्थन गर्ने आशा गरिएको बताउनुभयो । उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता गर्ने संकेत गर्दै आपसी समझदारीका लागि पहल गर्ने उल्लेख गर्नुभयो ।     
फिलिपिन्सका पूर्वराष्ट्रपति डुटेर्टे आइसिसीको वारेन्टमा पक्राउ        
फिलिपिन्सका पूर्वराष्ट्रपति डुटेर्टे आइसिसीको वारेन्टमा पक्राउ         हङकङबाट आइपुगेपछि डुटेर्टेलाई पक्राउ गरिएको थियो र प्रहरीले आइसिसीको आदेशमा उहाँलाई हिरासतमा लिएको थियो । पूर्वराष्ट्रपतिको अवैध लागूपदार्थ विरुद्धको घातक कारबाहीमा भएको सामूहिक हत्याको अनुसन्धान गरिरहेको राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरको कार्यालयले विज्ञप्तिमा बताएको छ ।     
रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार        
रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार         तीन वर्षको द्वन्द्व समाधानका लागि मङ्गलबार हुने बहुप्रतीक्षित वार्तामा गत महिना जेलेन्स्कीको ह्वाइट हाउसको असफल भ्रमणपछि पहिलो पटक अमेरिकी र युक्रेनी अधिकारीहरू भेट्नेछन् ।     
सिरियामा दुई दिनको झडप र प्रतिशोधपूर्ण हत्यामा एक हजारभन्दा बढीको मृत्यु        
सिरियामा दुई दिनको झडप र प्रतिशोधपूर्ण हत्यामा एक हजारभन्दा बढीको मृत्यु         बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार सात सय ४५ सर्वसाधारण मारिएका छन् । तीमध्ये एक सय २५ जना सरकारी सुरक्षा बलका सदस्य र एक सय ४८ जना असदसँग सम्बन्धित सशस्त्र समूहका लडाकुहरू मारिएका छन् ।
बजारको प्रतिक्रियापछि ट्रम्पद्वारा मेक्सिको र क्यानाडामाथिको भन्सार शुल्क फिर्ता        
बजारको प्रतिक्रियापछि ट्रम्पद्वारा मेक्सिको र क्यानाडामाथिको भन्सार शुल्क फिर्ता         ट्रम्पले बिहीबार उत्तर अमेरिकी व्यापार सम्झौताले समेटेको क्यानाडा र मेक्सिकोबाट आयात हुने वस्तुहरूमा नयाँ भन्सार शुल्कहरूलाई रोक्ने आदेशमा हस्ताक्षर गर्नुभयो । यद्यपि उहाँले आफ्नो निर्णयहरू बजार अस्थिरतासँग जोडिएको सुझावलाई खारेज गर्नुभयो ।     
हमासले बन्धकलाई रिहा नगरे ‘नारकीय’ परिणाम भोग्न तयार हुनुपर्ने ट्रम्पको चेतावनी         
हमासले बन्धकलाई रिहा नगरे ‘नारकीय’ परिणाम भोग्न तयार हुनुपर्ने ट्रम्पको चेतावनी          ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा गरेको पोस्टमा भन्नुभएको छ, “सही निर्णय लिनुहोस् । बन्धकहरूलाई अहिले नै छोडिदिनुहोस्, नत्र पछि यसको परिणाम नरक हुनेछ”, उहाँले भन्नुभएकोछ, “गाजाका जनताका लागि एक सुन्दर भविष्यले पर्खिरहेको छ तर यदि तपाईं बन्धकहरू रिहा गर्नुभएन भने त्यो सम्भव हुने छैन ।”     
Weather Update