RayNewsDaily
युक्रेनको कुस्र्क आक्रमणका क्रममा २८८ सर्वसाधारणको मृत्यु

मस्को, २०८२ वैशाख १८ गते बिहीबार । रुसले बुधबार युक्रेनले कुस्र्क क्षेत्रमा गरेको महिनौँ लामो आक्रमणका क्रममा २८८ सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।

युक्रेनविरुद्ध मस्कोले गरेको पूर्ण आक्रमणको प्रतिशोधस्वरूप किएभले सन् २०२४ को अगष्टमा आफ्ना सैनिकहरू सीमापार पठाएको थियो ।

क्रेमलिनले हालैका दिनहरूमा उत्तर कोरियाली सेनाको सहयोगमा पश्चिमी सीमा क्षेत्रबाट युक्रेनी सेनालाई हटाएको बताएको छ भने किएभले कुस्र्कमा अझै लडिरहेको बताएको छ ।

“रूसको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार अगस्ट यता ७९१ जनाको स्वास्थ्यमा क्षति पुगेको छ, जसमध्ये २८८ जनाको मृत्यु भएको छ,” कुस्र्क क्षेत्रका गभर्नर अलेक्जेन्डर खिन्स्टीनले सामाजिक सञ्जालमा जारी एक विज्ञप्तिमा भन्नुभएको छ ।

उहाँले अधिकारीहरूले सीमा क्षेत्रबाट मारिएका नागरिकहरूको सबै शवहरू अझै सङ्कलन भइरहेको बताउनुभयो ।

खिन्स्टाइनले ती सर्वसाधारणको मृत्यु कसरी भयो भन्नेबारे विस्तृत विवरण भने दिनुभएको छैन ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुस्र्क क्षेत्रमा बन्दी बनाइएका कुनै पनि युक्रेनी सेनालाई दण्डित गर्ने र उनीहरूलाई ‘आतङ्ककारी’ को रूपमा व्यवहार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनविरुद्ध आक्रमण सुरु गरेको थियो । एएफपी

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update