RayNewsDaily
प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ५४ करोड रुपैयाँ मौज्दात
  • दुवै कोषमा १७ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी ।
  • उद्धार कोषको मौज्दात १२ अर्ब ९५ करोड रुपैयाँ ।
  • बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब रुपैयाँ निकासा ।

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरी १७ अर्ब ५४ करोड ४२ लाख ८९ हजार ६७८ रुपैयाँ मौज्दात रहेको छ ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि दुवै कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कार्यालयका अनुसार असोज २५ गतेसम्म कोषका विभिन्न खातामा उक्त रकम मौज्दात रहेको हो ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौवटा वाणिज्य बैंकमा १२ अर्ब ९५ करोड १६ लाख ३१ हजार २०१ रुपैयाँ मौज्दात छ । त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा २ करोड ९७ लाख २९ हजार ९७२ अमेरिकी डलर जम्मा भएको छ ।

सरकारले उद्धार कोषमा जम्मा भएको रकममध्ये यसअघि बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब रुपैयाँ निकासा गरिसकेको छ । रासस

प्रकाशित मिति: आइतबार, असोज २५, २०८३  २०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update