RayNewsDaily
बिर्तामोडमा फर्निचर उद्योगमा आगलागी, नेपाली सेनाद्वारा नियन्त्रणमा
  • सर्ट सर्किटबाट फर्निचर उद्योगमा आगलागी ।
  • नजिकका दुई पसलमा समेत आगो फैलियो ।
  • नेपाली सेना, सुरक्षा निकाय र दमकलको सहयोगमा नियन्त्रण ।

रे समाचार/झापा । झापाको बिर्तामोड नगरपालिका-४ अन्नपूर्ण चोकस्थित हर्क देवी फर्निचर उद्योगमा आज आगलागी भएको छ ।

सर्ट सर्किटका कारण लागेको आगो नजिकै रहेको जय माता ट्रेडर्स र वेलकम एण्ड फर्निचरमा समेत फैलिएको थियो ।

आगलागी भएपछि नेपाली सेना, अरिदमन गणबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयवासीको सहयोगमा बिर्तामोड नगरपालिकाको दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिएको हो ।

आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।

 fire2-1791366025.jpeg

प्रकाशित मिति: बुधबार, असोज २१, २०८३  १५:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update