RayNewsDaily
पहिरोले नदी थुनिएपछि बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान
  • भीषण वर्षा नभएका क्षेत्रमा एक्कासि बाढी आएको महाशाखाको भनाइ ।
  • माथिल्लो नदी क्षेत्रमा पहिरो खसेर नदी थुनिएको हुन सक्ने अनुमान ।
  • प्रारम्भिक सूचना र भू-उपग्रह तस्बिरका आधारमा अध्ययन ।

काठमाडौँ । बूढीगण्डकी नदीमा पहिरोले नदीको बहाव थुनिएपछि आकस्मिक बाढी आएको हुन सक्ने अनुमान गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले प्रारम्भिक सूचना र भू-उपग्रह तस्बिरका आधारमा यस्तो अनुमान गरेको हो ।

महाशाखाले विज्ञप्ति जारी गर्दै बाढीको उद्गमस्थल र आसपासका क्षेत्रमा भीषण बाढी आउने गरी वर्षा नभएको जनाएको छ ।

जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका प्रवक्ता राजन भट्टराईका अनुसार पछिल्लो २४ घण्टामा उक्त क्षेत्रमा छिटपुट मात्र वर्षा भएको थियो ।

“प्रारम्भिक सूचना तथा भू-उपग्रह तस्बिरका आधारमा माथिल्लो नदी क्षेत्रमा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको हुन सक्ने अनुमान गरिएको छ,” उहाँले भन्नुभयो । रासस

प्रकाशित मिति: आइतबार, असोज २५, २०८३  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update