RayNewsDaily
भारतले बंगलादेशलाई हरायो 

काठमाडौं । काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा भारतले बंगलादेशलाई पराजित गरेको छ । 
    
भारतले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । यस जितसँगै उज्वेकिस्तानले शीर्ष तीन अङ्क जोडेको छ ।  
    
 त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको पहिलो खेलमा भारतले
भारतले पहिलो सेट २५–३ दोस्रो सेट २५–९ र तेस्रो तथा अन्तिम सेट २५–६ ले आफ्नो पक्षमा पार्यो । आजदेखि सुरु भएको उक्त प्रतियोगिता विभिन्न आठ राष्ट्रको सहभागिता रहेको छ ।    
    
 प्रतियोगितामा नेपालसहित, भारत, बङ्गलादेश, माल्दिभ्स, श्रीलङ्का, किर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तानको सहभागिता रहेकामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल, भारत, बङ्गलादेश र कीर्गिस्तान छन् भने समूह बी मा श्रीलङ्का, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update