RayNewsDaily
‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’   

काठमाण्डू । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा श्रमिक समुदायका भूमिसम्बन्धी समस्या समाधानका लागि राज्यका प्रयासलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभएको     
    
 भूमि अधिकार तथा श्रमिक सङ्गठन, नेपालको १५औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजितनेपालमा भूमि समस्या  समाधानका प्रयास, उपलब्धि चुनौतीविषयक अन्तरक्रियामा महासचिव पोखरेलले सरकारले सम्बन्धित स्थानीय तह, सरोकार भएका पक्षसँग सघन छलफल गरेर दीर्घकालीन रुपमा समस्याको समाधान गर्नुपर्ने बताउनुभएको हो     
    
 कार्यक्रममा सहभागीले भूमिहीनता अव्यवस्थित बसोबासका कारण गरिब, सुकुम्वासी तथा श्रमिक समुदायले भोग्दै आएका समस्या, भूमि अधिकारको सुनिश्चितता तथा भूमि सुधारका प्रयासबारे छलफल गरेका थिए     
    
 राससका अनुसार  उनीहरूले भूमि अधिकार सुनिश्चित नहुँदा सम्बन्धित समुदाय आधारभूत सेवा तथा सामाजिकआर्थिक अवसरबाट समेत वञ्चित हुने अवस्था रहेको उल्लेख गर्दै समस्या समाधानका लागि प्रभावकारी नीति तथा कार्यक्रमको कार्यान्वयनमा जोड दिएका थिए     

 

प्रकाशित मिति: बिहीबार, असोज १, २०८३  ०८:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update