RayNewsDaily
एसियाली खेलकुदमा नेपालका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा क्रिकेट टोली घोषणा
टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी 
  • एसियाली खेलकुदका लागि नेपाली पुरुष क्रिकेट टोली घोषणा ।
  • दीपेन्द्रसिंह ऐरीलाई कप्तानको जिम्मेवारी ।
  • जापानमा असोज ३ देखि १८ गतेसम्म प्रतियोगिता हुँदै ।

रे समाचार/काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले जापानमा आगामी असोजमा आयोजना हुने २०औँ एसियाली खेलकुद प्रतियोगिताका लागि आज नेपाली पुरुष क्रिकेट टोलीको घोषणा गरेको छ ।

क्यानले सार्वजनिक गरेको टोलीमा दीपेन्द्रसिंह ऐरीलाई कप्तानको जिम्मेवारी दिइएको छ । टोलीका अन्य खेलाडीमा कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, सन्दीप लामिछाने, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललितराज राजवंशी र शेर मल्ल रहेका छन् ।

२०औँ एसियाली खेलकुद प्रतियोगिता जापानको आइची-नायोगमा आगामी असोज ३ देखि १८ गतेसम्म आयोजना हुँदैछ ।

 

 

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३  २०:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update