RayNewsDaily
सीएमजीका दुई प्रोजेक्ट चीन-मध्य एशिया शिखर सम्मेलनको उपलब्धिको सूचीमा समावेश

मे १८ देखि १९ तारिखसम्म आयोजित पल्लो शानसी प्रान्तको सिआनमा चीन-मध्य एसिया शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ। शिखर सम्मेलनको अवधिमा चीन र मध्य एसियाका पाँच देश बीच सहमति भएको छ। चाइना मिडिया ग्रूप सीएमजीद्वारा आयोजित 'मध्य एशियासँगको प्रगाढ भावना'- चिनियाँ चलचित्र तथा टेलिभिजन कार्यक्रम प्रदर्शन र चीन-मध्य एशिया मिडिया बीचको उच्चस्तरीय संवाद र आदानप्रदान कार्यक्रमलाई चीन-मध्य एशिया शिखर सम्मेलनका उपलब्धिको सूचीमा समावेश गरिएको छ।

'मध्य एशियासँगको प्रगाढ भावना'–चिनियाँ चलचित्र तथा टेलिभिजन कार्यक्रम प्रदर्शनमा देखाइएका बहुभाषी कार्यक्रमहरू कजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तानका मुख्य मिडियाहरूमार्फत स्थानीय दर्शकहरूसमक्ष प्रसारण गरिएको छ।

चीन-मध्य एशिया मिडिया बीचको उच्चस्तरीय संवाद र आदानप्रदान कार्यक्रम मै १६ तारिखका दिन सफलतापूर्वक सम्पन्न भएको थियो। चिनियाँ शैलीको आधुनिकीकरणले मानवजातिलाई आधुनिकीकरणको अनुभूति गर्न नयाँ विकल्पहरू प्रदान गर्दछ र मध्य एशियाली देशहरूलगायत विकासोन्मुख देशहरू स्वतन्त्र रूपमा आधुनिकीकरणतर्फ अघि बढ्नका लागि पनि नमूना खडा गर्दछ भन्ने कुरामा मध्य एशियाली मुलुकका मुख्य सञ्चारमाध्यमका नेताहरू, चीनका लागि मध्य एशियाली मुलुकका राजदूतहरू, विज्ञहरू र विद्वानहरू लगायतका अतिथिहरूले एकमत जनाएका थिए।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update