RayNewsDaily

बैतडी । पहिराले घर पुरिँदा बैतडीमा आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पुर्चाैडी नगरपालिका–२ भैरु टोलका २४ वर्षीया अञ्जु जागरी र ४ वर्षीय रिजन रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।    
    
राससका अनुसार आज बिहान ३ बजे घरमाथिबाट खसेको पहिराले घर पुँरिदा घरभित्र सुतिरहेका उनीहरुको मृत्युु भएको हो । पहिराले पुरेर १८ वर्षीय गोब्बर जागरी, ४५ वर्षीया राइमती जागरी र ६० वर्षीया जस्मा बोहरा घाइते भएका छन् । पहिराले घर र पशुचौपायामा पनि क्षति पुगेको छ ।    

 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update