RayNewsDaily
चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य नेपाल भ्रमणमा       
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य युआन च्या च्युन । तस्वीर : शोभित उप्रेतीको फेसबुकबाट

काठमाडौं । चीनको चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य युआन च्या च्युन तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आइपुग्नुभएको छ ।    
    
उहाँकाे नेतृत्वको प्रतिनिधिमण्डलले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग आजै अपराह्न ३ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।  

361171369_6638334982879627_5395162821492861192_n1690106321.jpg

पोलिटब्यूरो सदस्य युआनले आजै सिंहदबारमा कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग र उपप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का कार्यबाहक अध्यक्ष नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।    
    
उहाँको भ्रमणको चाँजोपाँजो मिलाउन चीनको नेपाल मामिलाका कूटनीतिज्ञ शनिबार नै नेपाल आइपुग्नुभएको थियो । उहाँ श्रीलङ्काको भ्रमण सम्पन्न गरी नेपाल आइपुग्नु भएको हो ।  

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update