RayNewsDaily
धनगढी हाफ म्याराथन प्रतियोगिता हुने   

कैलाली । धनगढी जेसिजले नयाँ वर्षको २०८१ को अवसरमा आगामी वैशाख १ गते ‘धनगढी हाफ म्याराथन’ प्रतियोगिता आयोजना गर्ने भएको छ ।    
    
धनगढीको समग्र विकासका लागि ‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ आयोजना हुने दशौँं संस्करणअन्तर्गत हाफ म्याराथन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रतियोगिताका संयोजक आशिष शाहले जानकारी दिनुभयो । जेसिजले युवाहरुको व्यक्तित्व र नेतृत्व तथा क्षमताको विकासका लागि हरेक वर्ष उक्त प्रतियोगताको आयोजना गर्दै आएको उहाँले बताउँनुभयो ।    
    
नयाँ वर्षको अवसरमा आयोजना सुरु भएको धनगढी हाफ म्याराथनको दशौँ संस्करणले नेपाल एथ्लेटिक्सबाट समेत स्वीकृत प्राप्त गरेको छ । यो म्याराथनमा कुनै ‘रेकर्ड’ बनेमा सोले पनि मान्यता पाउने संयोजक शाहको भनाइ छ ।    
    
प्रतियोगितको विजेताले रु ६६ हजार छ सय ६६, उपविजेताले रु ४४ हजार चार सय ४४ र तेस्रो हुनेले रु ३३ हजार तीन सय ३३ प्राप्त गर्नेछन् । म्याराथन धनगढी रङ्गशालाबाट सुरु भएर सहिद गेट हुँदै गेटा मेडिकल कलेजको मनोहरा पुलको मोड भएर पुनः धनगढी रङ्गशालामा पुगेर समापन हुने धनगढी जेसिजका अध्यक्ष अरुण सिंहले बताउनुभयो ।    
    
प्रतियोगिताअन्तर्गत महिलातर्फ तथा कर्पोरेट र सञ्चारको पाँच किलोमिटरको दौड पनि आयोजना गरिनेछ । दुई वटै विधाका विजेताले रु छ हजार छ सय ६६, उपविजेताले रु चार हजार चार सय ४४ र तेस्रो हुनेले रु तीन हजार तीन सय ३३ प्राप्त गर्नेछन् । प्रतियोगिताको मुख्य प्रवर्द्धकमा जेसिज एभरेष्ट स्कुल, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, प्रदेश युवा परिषद, धनगढी उपमहानगरपालिका र नवजीवनको अपरेटिभ्स लिमिटेड रहेका छन् । साथै प्रायोजकमा चैतन्य पाठशाला रहेको छ । रासस

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update