RayNewsDaily
वाफ च्याम्पियनसिपमा नेपालले आज प्यालेस्टाइनसँग खेल्दै

रे समाचार/काठमाडौं । साउदी अरेबियामा जारी पश्चिम एसिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा शनिबार नेपालले प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्दैछ ।

अघिल्ला दुई खेलमा जित निकालेको नेपालले समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र प्यालेस्टाइन यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।

अब समुह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनको सामना गर्दा सिरियाले इराकको सामना गर्नेछ । त्यसैगरी समूह ‘ए’ बाट पनि सेमिफाइनलमा पुग्ने देशको टुंगो लागेको छ । समूह ‘ए’ बाट जोर्डन र लेबनान सेमिफाइनलमा पुगेका छन् । 

नेपाल र प्यालेस्टाइनबीचको खेल नेपाली समयअनुसार बेलुकी सवा ९ बजे शुरु हुनेछ ।
 

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update