RayNewsDaily
नेपालले क्यानडालाई दियो दुई सय १७ रनको लक्ष्य   

काठमाडौं । नेपाल ‘ए’ ले एकदिवसीय शृङ्खलाको पहिलो खेलमा क्यानडालाई जितका लागि दुई सय १७ रनको चुनौती दिएको छ ।    
    
माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय १६ रनको योगफल बनाएको हो ।    
    
नेपाल ‘ए’ का लागि बसिर अहमदले सर्वाधिक ५० रनको योगदान दिए । उनले ५५ बलमा तीन चौका र एक छक्काको मद्दतले अविजित ५० रन बनाएका हुन् । त्यसैगरी रासिद खानले ४० रन बनाए भने मयन यादवले ३५ रन जोडे । किरण ठगुन्नाले २५, विवेककुमार यादवले २१ र सन्दीप जोराले १४ रन बनाए ।    
    
क्यानडका लागि कप्तान साद बिन जाफले तीन विकेट लिए भने इश्वरजीत सोहीले दुई विकेट झारे । त्यस्तै डिलोन हेलिगर, हर्ष ठेकर र शाहिद अहमदजाइले समान एक÷एक विकेट लिए । रासस

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update