RayNewsDaily
मलेसियासँग नेपाल पराजित, फाइनल पुग्न असफल

रे समाचार/काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा मलेसियासँग नेपाल पराजित भएको छ । आज घरेलु टोली मलेसियासँग ४ विकेटले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

नेपाल प्रतियोगिताको फाइनल पुग्न असफल भएसँगै एसिया कप क्रिकेटमा छनोट हुने अवसर समेत गुमाएको छ । नेपालले प्रस्तुत गरेको १ सय १६ रनको लक्ष्य मलेसियाले अन्तिम ओभरमा मात्र ६ विकेट गुमाएर पुरा गरेको हो । नेपालकी कविता जोशी र सीता राना मगरले समान २ तथा कविता कुँवर र रुबिना क्षेत्रीले समान १ विकेट हात पार्नुभयो । 

सुरुवातमा ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो । नेपालका लागि कप्तान इन्दु वर्माले सर्वाधिक २९ रन बनाउनुभयो । डोली भट्टले २५, कबिता कुवरले २३ र रुबिना क्षेत्रीले २०, सीता राना मगरले ६ र कबिता जोशीले २ रन जोड्नुभयो । मलेसियाकी माहिरा इस्माइलले २ तथा विनीफ्रेड दुराईसिंगमले १ विकेट हात पार्नुभयो । नेपाल अपराजित रहँदै फाइनल प्रवेश गरेको थियो । तर सेमिफाइनल खेलमा मलेसियाको चुनौती पार गर्न नसक्दा नेपाल एसिया कपमा छनोट हुनबाट पनि बञ्चित भएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update