RayNewsDaily
शेयर बजारमा उच्च वृद्धि, नेप्से ३३ अंकले बढेर २६६४ विन्दुमा
  • नेप्से ३३.२९ अंकले बढ्यो, कारोबार रकम साढे ७ अर्ब नजिक ।
  • बेनी हाइड्रोपावरमा सकारात्मक सर्किट, बुटवल पावरको मूल्य साढे १० प्रतिशतभन्दा बढी बढ्यो ।
  • १३ मध्ये १२ उपसमूहको परिसूचक बढ्यो, लिबर्टी इनर्जीको सर्वाधिक कारोबार ।

रे समाचार/काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचक आज उच्च अंकले बढेको छ । नेप्से परिसूचक ३३.२९ अंकले वृद्धि भई २६६४.०६ विन्दुमा पुगेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो ५ अर्ब ७९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

बेनी हाइड्रोपावरको शेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको शेयरमूल्य ७० रुपैयाँले बढेर ५३६ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ ।

यसैगरी, बुटवल पावर कम्पनीको शेयरमूल्य साढे १० प्रतिशतभन्दा बढीले बढेको छ । सुपर खुदी हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयरमूल्य पनि ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । प्राइम डिबेन्चरको मूल्य भने करिब ३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा लिबर्टी इनर्जी कम्पनी शीर्ष स्थानमा रहेको छ । कम्पनीको ३२ करोड ५० लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ ।

त्यस्तै, घलेम्दी हाइड्रोको २८ करोड रुपैयाँभन्दा बढी र बुटवल पावर कम्पनीको करिब साढे २६ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।

आज कारोबारमा रहेका १३ उपसमूहमध्ये १२ वटाको परिसूचक बढेको छ भने एउटा उपसमूहको परिसूचक घटेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update