मोटरसाइकल दुर्घटनामा बाबुछोराको मृत्यु
- भूमिकास्थानमा मोटरसाइकल दुर्घटना ।
- ६२ वर्षीय बाबु र २३ वर्षीय छोराको मृत्यु ।
- दुर्घटनाबारे प्रहरीले अनुसन्धान गर्दै ।
अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ ।
भूमिकास्थान नगरपालिका-२, भूमेकाथानमा लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा भूमिकास्थान नगरपालिका-८ का ६२ वर्षीय देवीराम आचार्य र उहाँका २३ वर्षीय छोराको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिवस जिसीका अनुसार मृतक छोराको नाम खुलिसकेको छैन । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । रासस
प्रकाशित मिति: बिहीबार, कात्तिक ५, २०८३ ०९:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
