RayNewsDaily
नेप्से करिब स्थिर, कारोबार रकम बढेर ५ अर्ब ८० करोड नजिक
  • नेप्से परिसूचक ०.९४ अंक बढेर २६३०.७६ विन्दुमा बन्द ।
  • कारोबार रकम बढेर ५ अर्ब ७९ करोड ९३ लाख रुपैयाँ नाघ्यो ।
  • बेनी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट, युनिलिभर नेपाल सर्वाधिक घट्यो ।

रे समाचार/काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचक आज करिब स्थिर रहेको छ । नेप्से परिसूचक ०.९४ अंक बढेर २६३०.७६ विन्दुमा बन्द भएको हो । नेप्से करिब स्थिर रहे पनि कारोबार रकम भने बढेको छ । हिजो चार अर्ब रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज पाँच अर्ब ७९ करोड ९३ लाख ३० हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

आज बेनी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको शेयरमूल्य ६० रुपैयाँ ८० पैसाले बढेर ४६६ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको हो ।

यसैगरी, माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्य १२ प्रतिशत बढेको छ भने दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । युनिलिभर नेपालको शेयरमूल्य भने सबैभन्दा बढी ४.९१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ । कम्पनीको २८ करोड ५८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।

यसैगरी, पिपुल्स हाइड्रोपावर कम्पनीको साढे २४ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने सानिमा मिडिल तमोर हाइड्रोपावरको कारोबार रकम २१ करोड रुपैयाँ नाघेको छ । आज कारोबारमा आएका १३ उपसमूहमध्ये चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १०, २०८३  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update