RayNewsDaily
दसैँपछि सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ७०० रुपैयाँ घट्यो
  • सुनको मूल्य एकैदिन तोलामा ११ हजार ७०० रुपैयाँले घट्यो ।
  • छापावाल सुन प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा झर्‍यो ।
  • चाँदीको मूल्य पनि २३० रुपैयाँ घटेर प्रतितोला ३ हजार ९५५ रुपैयाँ कायम ।

रे समाचार/काठमाडौँ  । दसैँको बिदापछि खुलेको नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँले घटेको हो ।

मूल्य घटेसँगै आइतबार छापावाल सुन प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कात्तिक २ गते सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २३० रुपैयाँले घटेको छ । आइतबार चाँदी प्रतितोला ३ हजार ९५५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन कात्तिक २ गते चाँदीको मूल्य प्रतितोला ४ हजार १८५ रुपैयाँ थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक ८, २०८३  १२:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update