RayNewsDaily
सुन तोलामा ९०० रुपैयाँले बढ्यो, चाँदीको मूल्य पनि उकालो
  • सुनको मूल्य तोलामा ९०० रुपैयाँले वृद्धि ।
  • चाँदी तोलामा १० रुपैयाँले महँगियो ।
  • सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँ कायम ।

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रतितोला तीन हजार ९८० रुपैयाँ पुगेको छ ।

हिजो मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला तीन हजार ९७० रुपैयाँमा कारोबार भएको थियो । रासस

प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update