RayNewsDaily
प्रकाशक साउद न्युयोर्कमा सम्मानित

ज्याक्सन हाइट्स, न्युयोर्क, अमेरिका । धनगढीस्थित चौलानी पुस्तक भण्डारका अध्यक्ष मानसिंह साउदलाई अमेरिकाको न्युयोर्कमा सम्मान गरिएको छ सुदूरपश्चिममा रहेर नेपाली साहित्यका पुस्तकहरू प्रकाशन गरी पठन संस्कृतिको विकास गरेको भन्दै यहाँस्थित साहित्यकारहरूले साउदलाई सम्मान गर्नुभएको हो ।

सन् २०१८ मा प्रकाशित 'न्युयोर्कका नेपाली कवि र कविता' पुस्तकका सम्पादक र त्यसमा समावेश कविहरूका तर्फबाट उहाँलाई सम्मान गरिएको हो । सो पुस्तकका सम्पादकमध्येका एक किशन सिंह धामी र कविहरू अनेसास न्युयोर्क च्याप्टरका महासचिव जानुका वस्ती ढकाल, पद्मालिखा मगर, गीता पंथ पराजुली लगायतले उहाँलाई संयुक्त रूपमा खादा ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । व्याकुल पाठक र किशन सिंह धामीले अमेरिकाको न्युयोर्कमा रहेका नेपाली कविहरूका कविता समावेश गरी 'न्युयोर्कका नेपाली कवि र कविता' पुस्तक सन् २०१८ मा सम्पादन गर्नुभएको थियो, जसलाई चौलानी पुस्तक भण्डारले सोही वर्ष प्रकाशनमा ल्याएको थियो । सो पुस्तकको हालसम्म दोस्रो संस्करण प्रकाशन भइसकेको छ ।  

सम्मान कार्यक्रममा पुस्तकका सम्पादक किशनले पठन संस्कृति कम हुँदै गएको आजको दिनमा चौलानी पुस्तक भण्डारले पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो । कविहरूका तर्फबाट गीता पंथ पराजुलीले प्रवासमा रहेका कविहरूका भावना र विचारलाई आमपाठक सामुन्ने पुगाएको भन्दै प्रकाशक साउदलाई धन्यवाद दिनुभयो । वि जानुका वस्ती ढकालले 'न्युयोर्कका नेपाली कवि र कविता' पुस्तकलाई प्रकाशनरी नेपालको कुना कुनासम्म पुगाएर नेपाली साहित्यलाई आम पाठकसमक्ष पुगाएको हुनाले हार्दिक धन्यवाद दिनुभयो

प्रकाशक साउद केही दिनको निजी भ्रमणका लागि हाल अमेरिकामा हुनुहुन्छ ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update