टी-२० वरियतामा नेपालको सुधार, १४औँ स्थानमा उक्लियो
- टी-२० वरियतामा नेपाल दुई स्थान माथि उक्लियो ।
- नेपाल १४औँ, अफगानिस्तान १०औँ स्थानमा ।
- अफगानिस्तानमाथिको जितले क्वार्टरफाइनल सम्भावना बलियो ।
काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी-२० वरियतामा सुधार गरेको छ ।
शुक्रबार २०औँ एसियाली खेलकुदअन्तर्गत टेस्ट टोली अफगानिस्तानविरुद्ध पाँच विकेटको जित निकालेपछि आइसिसीले सार्वजनिक गरेको ताजा वरियतामा नेपाल दुई स्थान सुधार गर्दै १४औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १६औँ स्थानमा थियो । नेपालसँगको हारपछि अफगानिस्तान भने नवौँबाट १०औँ स्थानमा झरेको छ ।
शुक्रबारको खेलमा नेपालले अफगानिस्तानविरुद्ध ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको थियो । यो जितसँगै नेपालको क्वार्टरफाइनल सम्भावना बलियो बनेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार आयोजक जापानसँग खेल्नेछ । रासस
प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३ १७:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
