RayNewsDaily
बर्जु दुर्घटना पीडितपरिवारलाई १२ लाख रुपैयाँ क्षतिपूर्ति

नरुवा (सुनसरी) । गत बिहीबार भोक्राहा नरसिंह गाउँपालिका–९ सोनियाहीमा भएको ट्रक दुर्घटनामा ज्यान गुमाएका पाँच परिवारलाई क्षतिपूर्तिस्वरुप रु १२ लाख प्रदान गरिने भएको छ ।

ट्रक दुर्घटनामा बर्जु गाउँपालिका-१ गुरुङ बस्तिका ५ जनाको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालयमा क्षतिपूर्ति बापत ट्रक र मार्बल ब्यवसायीले रु ११ लाख र गाउँपालिकाले रु एक लाख प्रदान गर्ने सहमति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले राससलाई जानकारी दिनुभयो ।

क्षतिपूर्ति उपलब्ध हुने सुनिश्चित भएपछि आज शव बुझ्ने सहमति भएको छ । प्रतिमृतक रु १२ लाख प्रदान गर्ने सहमति भएको हो ।  रासस

प्रकाशित मिति: शनिबार, माघ ३, २०८२  २१:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update