RayNewsDaily
प्रधानसेनापति अशोकराज सिग्देल बेलायत प्रस्थान, कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी प्रदीपजंग केसीले सम्हाल्ने
प्रधानसेनापति अशोकराज सिग्देललाई बेलायत प्रस्थानका क्रममा बलाधिकृत रथी प्रदीपजंग केसीद्वारा बिदाइ । तस्बिर : नेपाली सेना
  • प्रधानसेनापति सिग्देल पाँचदिने बेलायत भ्रमणमा ।
  • अक्टोबर ५ देखि ११ सम्म औपचारिक भ्रमण ।
  • अनुपस्थितिमा प्रदीपजंग केसीले कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने ।

रे समाचार/काठमाडौँ । प्रधानसेनापति महारथी अशोकराज सिग्देल संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

नेपाली सेनाका अनुसार उहाँ बेलायती सेनाका Chief of the General Staff General Sir Roly Walker को निमन्त्रणामा अक्टोबर ५ देखि ११ तारिखसम्म हुने औपचारिक भ्रमणका लागि बेलायत प्रस्थान गर्नुभएको हो ।

प्रधानसेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसीले बिदाइ गर्नुभएको थियो ।

भ्रमणले सदियौँदेखि रहँदै आएको नेपाल र बेलायतबीचको आपसी सैनिक सम्बन्धलाई थप सुदृढ गर्नुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रधानसेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजंग केसीले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नुहुने नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १९, २०८३  १२:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update