RayNewsDaily
तीन दिनसम्म वर्षाको सम्भावना, लगातार झरी भने नपर्ने
  • देशका केही स्थानमा तीन दिनसम्म वर्षाको सम्भावना ।
  • लगातार झरी नपर्ने मौसमविद्को भनाइ ।
  • केही प्रदेशमा पश्चिमी वायुको प्रभाव कायम ।

काठमाडौँ । मनसुन बाहिरिएको ठानेर ढुक्क भएका राजधानीवासी अचानक वर्षा भएपछि चिन्तित भएका छन् । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म देशका केही स्थानमा वर्षाको सम्भावना रहे पनि लगातार झरी नपर्ने जनाएको छ ।

मौसमविद् विनु महर्जनले आगामी तीन दिनसम्म देशका केही स्थानमा वर्षा हुने सम्भावना रहे पनि लामो समयसम्म लगातार झरी नपर्ने बताउनुभयो ।

विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भू-भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव कायम छ ।

कोशी, मधेस र बागमती प्रदेशका सबै भू-भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू–भागमा मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, असोज १९, २०८३  २२:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update