RayNewsDaily
नेपालको सानदार विजयी सुरुवात

काठमाडौं ।  घरेलु टोली नेपालले एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा सानदार विजयी सुरुवात गरेको छ । नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै सानदार विजयी सुरुवात गरेको हो ।


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको खेलमा नेपालले पहिलो सेट सहजै २५–११ ले आफ्नो पक्षमा पार्न सफल भयो । दोस्रो सेट २५–१९ र  तेस्रो सेट  २५–११ ले जितेसँगै खेल ३-० को सोझो सेटमा जित निकाल्न सफल भयो । 


यस जितसँगै नेपालले समूह ‘ए’ मा ३ अंक बटुलेको छ । भारतको पनि ३ अंक छ । बंगलादेश र किर्गिस्तान अंकविहीन छन् । आज नै उज्वेकिस्तान र भारतले पनि विजयी सुरुवात गरिसकेका छन् । उज्वेकिस्तानले श्रीलंकालाई तथा भारतले बंगलादेशलाई समान ३–० को सोझो सेटमा पराजित गरेका हुन् । अब नेपालले दोस्रो खेलमा भोली बंगलादेशको सामना गर्नेछ । 
 

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update