साना (यमन) । इजरायले गाजा शहर कब्जा गर्ने योजनाको निन्दा गर्न यमनको राजधानी सानामा शुक्रबार मानिसहरू सडकमा उत्रिएपछि विशाल विरोध प्रदर्शन गरेका छन् ।
इजरायली सैन्य कारबाहीको विस्तार र गाजा पट्टीलाई थप कब्जा गर्ने निर्णयको बीचमा, यमनीहरूले दक्षिणी सानामा हिंसाको निन्दा गर्दै र प्यालेस्टिनीहरूसँग ऐक्यबद्धता व्यक्त गर्दै साप्ताहिक विरोध जुलुस निकालेका हुन् । विरोधका क्रममा प्रदर्शनकारीहरूले प्यालेस्टिनी झण्डा फहराएका थिए भने नागरिकहरूमाथि इजरायलको हवाई आक्रमण र गाजालाई गहिरो मानवीय संकटमा धकेल्ने नाकाबन्दीको निन्दा गर्ने संकेतहरू बोकेका थिए । धेरै प्रदर्शनकारीहरूले इजरायली कार्यहरूमा संलग्न भएकोमा संयुक्त राज्य अमेरिकालाई पनि दोषी भन्दै निन्दा गरका थिए ।
अमेरिकी अनुमति र समर्थन बिना, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले एक कदम पनि चाल्न नसक्ने बताउँदै उनीहरुले यसले अमेरिकालाई इजरायलको हरेक चालमा पूर्ण साझेदार बनाएको अभिव्यक्ति दिएका थिए । इजरायली नीतिहरूले हत्या, नरसंहार र प्यालेस्टाइन विरुद्ध राजनीतिक, सांस्कृतिक र आर्थिक आक्रमण मार्फत हरेक तहमा प्रभुत्व जमाउने लक्ष्य राखेको एकजना प्रदर्शनकारी दैफ अल्लाह अल–शामीले बताएका छन् । प्रदर्शनकारीहरूले अन्तर्राष्ट्रिय समुदायलाई इजरायललाई दिँदै आएको समर्थन रोक्न र हिंसा अन्त्य गर्न अमेरिकामाथि दबाब दिन आह्वान पनि गरेका थिए । सीसीटिभी