RayNewsDaily
इजरायलको आर्थिक वृद्धिदर घट्दै        

जेरुसेलम । इजरायलको केन्द्रीय तथ्यांक ब्युरोले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) सन् २०२५ को दोस्रो त्रैमासिकमा वार्षिक दरमा ३.५ प्रतिशतले घटेको छ ।     
     
व्यवसाय क्षेत्र सबैभन्दा प्रभावित भएको देखिएको छ, जसले दोस्रो त्रैमासिकमा ६.२ प्रतिशतले गिरावट भोग्यो । पहिलो त्रैमासिकमा यो क्षेत्रमा ४.४ प्रतिशतको वृद्धि भएको थियो ।     
     
निजी उपभोग खर्च लगातार दोस्रो त्रैमासिकमा पनि ४.१ प्रतिशतले घटेको छ भने भवन र उपकरणजस्ता स्थायी सम्पत्तिमा गरिएको लगानीमा १२.३ प्रतिशतको तीव्र गिरावट आएको छ ।     
     
ब्युरोका अनुसार, जुन महिनामा इजरायल र इरानबीच भएको १२ दिन लामो युद्धले देशको आर्थिक गतिविधिमा गम्भीर अवरोध पुर्याएको थियो ।     
     
यसअघि पहिलो त्रैमासिकमा इजरायलको जीडीपी वार्षिक ३.४ प्रतिशतले वृद्धि भएको थियो तर जुलाईमा इजरायली केन्द्रीय बैंकले २०२५ का लागि आफ्नो जीडीपी वृद्धि पूर्वानुमान ३.५ प्रतिशतबाट घटाएर ३.३ प्रतिशतमा ल्याएको थियो । सिन्ह्वा 

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update