
रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार सामान्य अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज २.६२ अंकले वृद्धि भई २७८८.३६ विन्दुमा पुगेको छ ।
नेप्सेमा वृद्धिसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो ६ अर्ब १६ करोड १८ लाख बराबरको शेयर किनबेच भएकोमा आज ७ अर्ब ४६ करोड ४१ लाख ७७ हजार रूपियाँको शेयर कारोबार भएको छ ।
आज नेपाल रिपब्लिक मिडियाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, पञ्चकन्या माई हाइड्रोपावरको शेयर ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने कुमारी सवल योजना, राधी विद्युत् कम्पनी र अप्पर स्याङ्गे हाइड्रोपावरको शेयर ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । एनआइसी एसिया फ्ल्यक्सी क्यापको शेयरमा आज सर्वाधिक ८ प्रतिशतले गिरावट आएको छ भने एनआइसी एसिया सेलेक्ट फन्डको शेयर ६ प्रतिशतभन्दा बढीले घटेको छ ।
कारोबार रकमका आधारमा आज नेपाल रिइन्स्युरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४७ करोड १७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, एनआरएन इन्फ्राइन्स्ट्रक्चर एन्ड डेभलेपमेन्ट बैंकको ४१ करोड ७७ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने बलेफी हाइड्रोपावरको ३६ करोड ८४ लाख रुपियाँको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज ८ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी सबै उपसमूहको परिसूचक घटेको छ ।