- नेप्से ०.२६ अंकले बढेर २५९९.१५ विन्दुमा ।
- कारोबार रकम बढेर ४ अर्ब ८९ करोड पुग्यो ।
- १३ उपसमूहमध्ये चार बढे, आठ घटे ।
रे समाचार/काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचक आज झिनो अंकले बढेको छ । नेप्से परिसूचक ०.२६ अंकले बढेर २५९९.१५ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सामान्य वृद्धि भए पनि कारोबार रकममा भने केही सुधार भएको छ । हिजो ४ अर्ब ७६ करोड ५१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा आज ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक १०.८१ प्रतिशतले बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.३५ प्रतिशत तथा इमर्जिङ नेपालको ७.७१ प्रतिशतले वृद्धि भएको छ । सयपत्री हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ९.६६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सिद्धार्थ बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको ३० करोड ५३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, अपी पावर कम्पनीको २२ करोड ८१ लाख रुपैयाँभन्दा बढी र हाथवे इन्भेष्टमेन्टको २१ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आज १३ उपसमूहमध्ये चार उपसमूहको परिसूचक बढेको छ । एक उपसमूहको परिसूचक स्थिर रहेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ ।
