RayNewsDaily
ब्राजिलको एक कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु        

रियो दि जेनेरियो, ब्राजिल । ब्राजिलका अधिकारीहरूले दक्षिणी ब्राजिलको एक विस्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा भएको विस्फोटमा छ जना पुरुष र तीन जना महिलासहित नौ जनाको मृत्यु भएको जनाएका छन् ।     
     
अग्निनियन्त्रण विभागका प्रवक्ताले पराना राज्यको राजधानी कुरिटिबामा भएको विस्फोटको कारण लगभग १.५ किलोमिटर वरपर सम्मका भवनहरू क्षतिग्रस्त भएको बताउनुभएको छ । ब्राजिलका अधिकारीहरूले अझै अनुसन्धान भइरहेकोले घटनाको कारण थाहा भइनसकेको बताएका छन् ।     
     
सार्वजनिक सुरक्षा राज्यमन्त्री कर्नल हडसन लियोन्सियो टेक्सेराले पत्रकारहरूलाई घटनाको क्रममा कारखानामा रहेका नौ जनामध्ये सबैको मृत्यु भएको बताउनुभएको छ ।     
     
भग्नावशेषबाट सात जना घाइतेलाई उद्धार गरी उपचारका लागि नजिकैको अस्पतालमा लगिएको जनाइएको छ । एएफपी

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update