
रे समाचार/काठमाडौं । केही दिनदेखि लगातार घटिरहेको शेयर बजारमा आज पनि सामान्य अंकको गिरावट आएको छ ।
शेयर बजार मापक नेप्से परिसूचक आज १०.५० अंक घटेर २७८५.७४ विन्दुमा झरेको छ । नेप्सेमा गिरावट आएसँगै आज कारोबार रकम पनि घटेको छ । ६ अर्ब ९१ करोड ८९ लाखको शेयर कारोबार भएकोमा आज ६ अर्ब १६ करोड १८ लाख ९४ हजार रुपियाँ बराबरको शेयर किनबेच भएको छ ।
आज मायाखोला हाइड्रोपावर कम्पनीको शेयर सर्वाधिक ५.७४ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, सानिमा लार्ज क्याप फन्डको ४.३२ प्रतिशतले वृद्धि भएको छ । नेपाल रिपब्लिक मिडिया, सप्तकोशी डेभलेपमेन्ट बैंक र समाज लघुवित्तको शेयर ३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । कुमारी बैंकको डिभेन्चर आज ९ प्रतिशतभन्दा बढीले घटेको छ भने सिकलेस हाइड्रोपावरको शेयरमा ७.२२ प्रतिशतले गिरावट आएको छ ।
कारोबार रकमका आधारमा आज बलेफी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३४ करोड ११ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, युनाइटेड मोदी हाइड्रोपावरको २७ करोड ४७ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको २४ करोड रुपियाँको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज ४ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी सबै उपसमूहको परिसूचक घटेको छ ।