
रे समाचार/काठमाडौं । शेयर बजार लगातार घट्न थालेको छ । हिजो दोहोरो अंकले घटेको शेयर बजारमा आज पनि गिरावट आएको हो । शेयर बजार मापक नेप्से परिसूचक आज २६.२२ अंक घटेर २७९६.२४ विन्दुमा झरेको छ । नेप्सेमा गिरावट आएसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो १० अर्ब २१ करोड १ लाखको शेयर किनबेच भएकोमा आज ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार रुपियाँको शेयर कारोबार भएको छ ।
आज सिटी होटलको शेयरस कारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, समाज लघुवित्त र हिमालयन बैंकको बोन्ड ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सिकलेस हाइड्रोपावरको शेयर आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने उन्नति सहकार्य लघुवित्तको शेयर ८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २६ करोड ७७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, हिमालयन रिइन्स्योरेन्स कम्पनीको २३ करोड ९६ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने लुम्बिनी विकास बंैंकको २० करोड २६ लाख रुपियाँको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज होटल तथा पर्यटन क्षेत्रबाहेक सबै उपसमूहको परिसूचक घटेको छ ।