चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र सर्बियाका राष्ट्रपति भुछछ्बीच भेटवार्ता

मस्को । चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र सर्बियाका राष्ट्रपति भुछछ्बीच भेटवार्ता भएको छ ।
मे ९ तारिख दिउँसो राष्ट्राध्यक्ष सी चिनफिङले मस्कोमा सोभियत संघको महान देशरक्षा युद्ध बिजयको ८०औँ वार्षिकोत्सवको स्मरण समारोहमा सहभागी हुने क्रममा सर्बियाका राष्ट्रपति भुछछ्सँग भेट(वार्ता गर्नुभएको हो ।
वार्ताका क्रममा राष्ट्राध्यक्ष सीले सर्बिया लगायत विश्वका विभिन्न मुलुकहरूसँगै मिलेर आर्थिक विश्वव्यापीकरणको प्रतिफलको संरक्षण गर्नुका साथै मानव जाति भाग्यको एकरूपताको निर्माण कार्यलाई अघि बढाउँदै जान चीन इच्छुक रहेको बताउनु भएको थियो ।
प्रत्युत्तरमा राष्ट्रपति भुचिचले चीनसित एकताबद्ध भई एकपक्षीयतावाद र संरक्षणवादबाट ल्याइने चुनौतीको सामना गर्दै जान सर्बिया इच्छुक रहेको बताउनुभएको छ। सीजिटिएन
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२ १४:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय