RayNewsDaily
चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ तथा स्लोभाकका प्रधानमन्त्री फिकोबीच भेट-वार्ता

 मस्को । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले स्लोभाकका प्रधानमन्त्री रोवर्ट फिकोसँग भेट-वार्ता गर्नुभएको छ।

मे ९ तारिख राति चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मस्कोमा सोभियत संघको महान देशरक्षा युद्ध बिजयको ८०औँ वार्षिकोत्सवको स्मरण समारोहमा सहभागी हुने क्रममा प्रधानमन्त्री फिकोसँग भेट-वार्ता गर्नुभएको हो ।

भेटवार्ता क्रममा राष्ट्राध्यक्ष सीले स्लोभाक लगायतका विभिन्न मुलुकसँगै मिलेर एकताबद्ध भएर चुनौतीको सामना गर्नुका साथै अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको संरक्षण गर्दैजान चीन इच्छुक रहेको बताउनुभयो । 
प्रत्युत्तरमा प्रधानमन्त्री फिकोले चीनसित बहुपक्षीयतावादलाई कायम राख्नुका साथै स्वतन्त्र व्यापार नियम र विश्व व्यावसायिक आपूर्ति लाईनको स्थिरताको संरक्षण गर्दै जान स्लाभाक इच्छुक रहेको बताउनुभएको छ। सीजिटिएन

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update