RayNewsDaily
विश्वकप छनोटः  जित्नैपर्ने खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्दै 

 हरारे ।

आइसिसी विश्वकप छनोट अन्तर्गन समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज नेदरल्यान्ड्सँग खेल्खै छ । जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा खेलिने खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजेदेखि सुरु हुनेछ ।

 
समूह ए मा रहेको नेपाललाई सुपर सिक्समा पुग्न आजको खेल जित्ने पर्ने दवाव छ । पराजित भएको खण्डमा नेपाल समूह चरणबाटै बाहिरिने छ । त्यसकारण आजको खेलमा नेपालले निकै परिपक्व प्रद्रर्शन गर्नु पर्ने छ । नेपालले आजको खेल जिते नेपाल लगभग सुपर सिक्समा पुग्ने छ । 


अर्को तर्फ नेदरल्यान्ड्सका लागी पनि आजको खेल निकै महत्वपूर्ण छ । नेदरल्यान्ड्स आजको खेल जित्दै सुपर सिक्समा स्थान पक्का गर्न चाहन्छ । अन्तिम खेलमा सोमबार नेदरल्यान्ड्सले वेस्ट इन्डिजसँग खेल्ने छ । वेस्ट इन्डिज नेदरल्यान्ड्स भन्दा निकै बलियो टोली हो । त्यसकारण सुपर सिक्समा पुग्न मात्र २ अंक आवस्यक रहेको अवस्थामा डच टोली नेपालविरुद्ध त्यो अंक प्राप्त गर्ने रणनीतिमा हुने छ । नेपाललाई सुपर सिक्समा पुग्न आज जित र सोमबारको खेलमा नेदरल्यान्ड्सको हार आवस्यक पर्ने छ । 

नेपाल जिम्बावेसँग ८ विकेट र वेस्ट इन्डिजसँग १ सय १ रनको फराकिलो अन्तरमा पराजित भएको थियो भने अमेरिकाविरुद्ध ६ विकेटको सहज जित निकालेको थियो । उता नेदरल्यान्ड्स जिम्बावेसँग ६ विकेटले पराजित हुँदा अमेरिकालाई ५ विकेटले हराएको थियो ।


आईसीसी एकदिवसीय वरीयातामा नेदरल्यान्ड्स नेपाल भन्दा केही माथि छ । नेदरल्यान्ड्स वरीयाताको १५ औं स्थानमाा छ भने नेपाल १७ औं स्थानमा छ । तर हेड डु हेड हेर्दा दुई देशले हाल सम्म दुई एकदिवसीय खेलेका छन् । जसमा दुबैले समान १–१ हार र जित बेहोरेका छन् । नेपालले आफ्नो पहिलो एकदीवसीय अन्तर्राष्ट्रिय खेल २०१८ अगष्ट १ मा नेदरल्यान्ड्ससँग खेलेको थियो । दुई खेलको सो सिरिज पछि नेपाल र नेदरल्यान्ड्स पहिलो पटक ओडिआईमा एक अर्काविरुद्ध मैदान उत्रदै छन् ।
 

नेपालको टोली:

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान) कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी, ललित राजवंशी र अर्जुन साउद ।

नेदरल्यान्ड्सको टोली:

स्कट एडवार्ड्स (कप्तान तथा विकेटकिपर), म्याक्स ओडाउड, लोगन भान विक, विक्रमजित सिंह, आर्यन दत्त, भिभियन किंग्मा, बास डि लिडे, नोह क्रोस, रयान क्लेन, तेजा निडामानुरु, वेस्ली व्यारेसी, शरिज अहमद, क्लेटन फ्लोयड, माइकल लिभित र सकिब जुलफिकर ।
 

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update